Comments Add Comment

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि

२४ कात्तिक, काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०१९ बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

नेपाल ब्याडमिन्टन संघले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल लगायत २१ राष्ट्रका १४९ खेलाडीले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष, महिला एकल तथा युगल र मिश्रित युगलतर्फ प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । पुरुष एकलमा विश्व बरियतामा ५८ औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने महिला एकलमा ३८ औं बरियताकी खेलाडीले प्रतिस्पर्धा गर्नेछिन् । यस्तै पुरुष युगलमा २७ औं, महिला युगलमा ३३ औ र मिक्स युगलमा ४४ औं स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

करिब ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरुबाट सहयोग जुटाईने संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

च्यालेन्जमा पुरुष तथा महिला एकल तर्फ विजेताले नगद १८७५ युएस डलर, उपविजेताले ९५० डलर, तेश्रोले ३६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन् ।

यस्तै पुरुष/महिला तथा मिश्रीत युगल तर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment