Comments Add Comment

बलात्कारबाट गर्भवती भएकी बालिकाको उपचार खर्च सरकारले बेहोर्छ : मन्त्री थापा

२४ कात्तिक, काठमाडौं । बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकालाई आइतबार भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उक्त जानकारी दिएकी हुन् ।

मन्त्री थापाले बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै बालिकाको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएकी हुन् । ‘बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्छ  र बलात्कारीको पहिचान गरी कडा भन्दा कडा कारवाही हुनेछ,’ थापाथलीस्थित प्रसुतीगृहमा बालिकालाई भेटेपछि मन्त्री थापाले भनिन् ।

यो पनि पढ्नुहोस अबोध बालिकाले स्वीकार्न नसकेको यथार्थ : १२ वर्षमै ५ महिनाको ‘अनिच्छुक गर्भ’

बौद्धिक अपांगता भएकी अछाम रामारोशनकी ती बालिका घाँस दाउरा काट्न गएको बेला जबरजस्तीकरणीमा परी गर्भ रहन गएको आफन्तले बताएका छन् । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा २ हप्ता अघिमात्र गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसुती बालिकाको ५ महिनाको गर्भपतन गरिएको थियो ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गरिएको हो । बालिकालाई केही समय आराम गर्नुपर्ने र मनोपरामर्शको पनि आवश्यकता पर्ने भएकाले केही समय काठमाडौं मै राखेर उपचार गरिने मन्त्री थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment