Comments Add Comment

तपाईं पनि मधुमेहको जोखिममा ?

आज विश्व मधुमेह दिवस

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभर सन् १९८० मा १० करोड ८० लाख जनामा संक्रमण देखिएको मधुमेहको सन् २०१४ सम्म आइपुग्दा संख्या बढेर ४२ करोड २० लाख व्यक्तिमा देखिएको थियो । यसमध्ये १८ वर्षका मानिसहरुमा तीब्र रुपमा यो रोगीको संख्या बढीरहेको संगठनको प्रतिवेदनले जनाएको छ ।

मधुमेह रोग आफैंमा एउटा मात्रै रोग होइन । यो रोग लागेपछि विभिन्न किसिमका दीर्घ एवं जटिल रोगहरु समेत निम्तिने गर्दछ । सन् २०१६ सालमा डब्लुएचओले जारी गरेको सो रिपोर्टमा १६ लाख जनाले एक वर्षभरीमा मधुमेहकाका कारण मृत्युवरण गर्नुपरेको उल्लेख छ ।

के हो मधुमेह ?

मधुमेह एक किसिमको दीर्घ रोग हो । यो रोग लागेपछि पाचनतन्त्रले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्ने तथा शरीरका अंगहरुले प्रभावकारी रुपमा इन्सुलिनको प्रयोग एवं उत्पादन गर्न सक्दैनन् । इन्सुलेन भनेको शरीरको एउटा हार्माेन हो । जसले रगतमा रहेको गुलियो मात्रालाई नियन्त्रित गर्नेगर्छ । यसरी मधुमेह रोग लागेको खण्डमा त्यसले रगतमा रहेको गुलियो मात्रालाई नियन्त्रित गर्न नसक्ने भएकोले त्यसले शरीरलाई समस्या सिर्जना गराउने गर्दछ ।

के हो मधुमेहको लक्षण ?

अन्य रोगको जस्तै मधुमेहको पनि केही विशेष लक्षणहरु हुन्छन् । जस्तो कि, अधिक तिर्खा लाग्नु । पटक–पटक पिसाब लाग्नु । धेरै भोक लाग्नु । अकारण तौल घट्नु जस्ता समस्याहरु मधुेमहका लक्षणहरु हुन् । तर, केवल यी लक्षणहरु आउँदैमा मधुमेह नै भयो भनिहाल्न सक्ने अवस्था भने रहँदैन । त्यसैले धेरै तिर्खा लाग्दैमा, धेरै पटक पिसाब लाग्दैमा मधुमेह नै हो भनेर ठोकुवा गर्न सकिँदैन । तर, कतिपय अवस्थामा यस्ता संकेतले मधुमेहको जनाउ दिन्छ । मधुमेहको अन्य सामन्य लक्षणसँगै केही असामान्य लक्षण छन् । जसबारे मानिसलाई जानकारी नहुन सक्छ ।

छालामा देखिने मधुमेहको संकेत

मधुमेहको संकेतलाई हामीले छालामा आएको परिवर्तनबाट पनि मान्न सक्छौं । अस्वभाविक रुपमा छालाको रंग बदलिएमा त्यसलाई हामी मधुमेहको संकेतको रुपमा मान्न सक्छौं । खासगरी कम्मर, कुहिना, खुट्टामा असामान्य रंग देखिएको खण्डमा नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन जानुपर्ने सुझाव चिकित्सकहरु दिन्छन् । चिकित्सकका अनुसार इन्सुलिनको उच्च मात्रा कोशिकामा वृद्धि हुन्छ । जसले छालामा कालो एवं चर्किएको धब्बा देखिनेछ ।

आँखामा देखिने मधुमेहको संकेत

आँखामा पनि मधुमेहको संकेत देख्न सकिन्छ । कुनै समयमा आँखामा अस्वभाविक दृष्टि बढ्नु र कुनै समयमा अस्वभाविक दृष्टि कम हुनु पनि मधुमेहको संकेत हुनसक्छ । जब मधुमेहको उपचार गरिन्छ, फेरि, आँखाको चस्मा लगाउनुपर्ने अवस्था आउँछ । आँखाको दृष्टिमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श लिनैपर्छ ।

श्रवण शक्तिबाट मधुमेहको संकेत

श्रवण शक्तिबाट पनि हामीले मधुमेहको संकेत पाउन सक्छौं । जब श्रवण शक्तिमा कमजोरी देखिन थाल्छ । यसले कुुनै न कुनै अवस्थामा मधुमेहको संकेत देखाउँछ । मधुमेहको सुरुवाती लक्षणमा पनि श्रवण शक्ति कमजोर हुन्छ । मधुमेहले कानमा क्षति पु¥याउँछ, जसले सुन्नमा समस्या हुन्छ । एक अध्ययन अनुसार मधुमेहका ३० प्रतिशतसम्म रोगीमा श्रवण शक्ति कमजोर हुने भय हुन्छ ।

यौन जीवनबाट मधुमेहको संकेत 

मधुमेहले मानिसहरुको यौन जीवनमा समस्या सिर्जना गराउने गर्छ । त्यसैले हामीले आफ्नो यौन जीवनबाट पनि मधुमेहको संकेत थाहा पाउन सकिन्छ । मधुमेहको कारण पुरुष र महिलाको यौन उत्तेजनामा कमी आउँछ । पुरुषमा मधुमेहको मात्रा लामो समयसम्म अनियन्त्रित रह्यो भने लिंग उठ्न समस्या हुन्छ । त्यस्तै महिलाको योनिद्वार सुख्खा हुन्छ ।

कसरी नियन्त्रण गर्ने मधुमेह ?

मधुमेह नियन्त्रण गर्ने पनि भिन्दै उपायहरु हुनेगर्छ । स्वास्थ्य खानपान, नियमित व्यायाम र योगा गर्दा धेरै हदसम्म मधुमेहको समस्याबाट मुक्ति पाउन सकिन्छ । तर, व्यायाम गर्ने पनि शैली हुन्छ । यसमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । मधुमेह नियन्त्रणको लागि हामीले नियमित व्यायाम गर्नुपर्छ । अल्छी मानिसलाई धेरै मधुमेहको समस्या हुने गरेको छ ।

अमेरिकन हार्ट एसोसिएशनका अनुसार जुन व्यक्तिलाई मधुमेह छ उसले सप्ताहमा कम्तीमा पाँच दिन व्यायाम गर्नैपर्छ । एक पटकमा ३० मिनेट व्यायाम गर्नुपर्छ । स्वास्थ्य अनुसार हल्का वा भारी व्यायाम आवश्यक्ता हुन्छ ।

जस्तो कि, तीब्र गतिमा हिँड्ने वा मध्यम गतिमा हिँड्ने । यसले तपाईंको हृदयको धड्कनमा बढोत्तरी हुनसक्छ । फरक किसिमका मधुमेह रोगीले हप्तामा कम्तिमा एक वा दुई पटक मांसपेशी बलियो बनाउने व्यायाम गर्नुपर्छ । व्यायामको सुरुवात बिस्तारै–बिस्तारै गर्नुपर्छ । सुरुमा १५ मिनेट मात्र व्यायाम गर्नुपर्छ । बिहान र बेलुकी १५–१५ मिनेट टहल्नुपर्छ । र, बिस्तारै व्यायामको समयलाई बढाउँदै लैजान सकिन्छ ।

सावधानी

यदि व्यायाम गरेको बेला, खेलेको बेला शारीरिक पीडा भयो भने त्यो काम बन्द गर्नु राम्रो हुन्छ । जस्तो कि, सास बढ्यो, थकावट महसुस भयो, चक्कर लाग्यो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

खानपानमा सावधानी

मधुमेह रोगीले के खाने भन्ने कुरा जति महत्वपूर्ण हुन्छ । त्यत्ति नै कहिले र कति खाने भन्ने कुराले पनि अर्थ राख्छ ।

थोरै थोरै खाने

तीब्र वा छिटो छिटो खाने मान्छेले धेरै खान्छन् । शान्त र सहज रुपमा बिस्तारै खाना खानुपर्छ । यसले खानाको स्वाद त बढ्छ नै मधुमेह, मोटोपन जस्ता समस्या पनि हुँदैन । राति लामो समय बसेर वा अबेरसम्म खाना खानबाट बचौं । सुत्नुभन्दा तीन घन्टाअघि खाना खाइसक्न राम्रो हुन्छ ।

आज मधुमेह दिवस

विभिन्न देशका मधुमेह रोगीलाई स्वस्थ हुन सिकाउने र अरुलाई मधुमेह रोगबाट बच्ने सिकाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको पहलमा हरेक वर्ष नोभेम्बर १४ को दिन यो दिवस मनाउने गरिन्छ । हिजोआज मधुमेह नेपालीहरु धेरैमा संक्रमण बढ्दै गएको रोग हो । यसको लक्षण र कारणबारे समयमा नै जानकारी लिन नसक्दा यस्ता रोगीहरु दिनप्रतिदिन बढ्दो मात्रामा  देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment