+
+
Shares

भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल्न नपाइने, काठमाडौं र ललितपुरमा के छ व्यवस्था ?

भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १२:२७

२ कात्तिक, काठमाडौं । भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ ।

सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ ।

सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दिपावली उत्सव स्थल बनाउन नपाइने सूचनामा उल्लेख छ ।

देउसीभैलो लगायतका कार्यक्रम राति ९ बजेसम्म मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले सञ्चालन गर्न अनुरोध गरिएको छ । साथै देउसीभैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न आह्वान गरिएको छ ।

काठमाडौंमा के छ व्यवस्था ?

काठमाडौं प्रशासनले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन भनेको छ ।

देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।

‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन’, सूचनामा भनिएको छ ।

कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।

ललितपुरमा के छ व्यवस्था ?

ललितपुर प्रशासनले पनि देउँसीभैलो लगायतका कार्यक्रम बढीमा राति ९ बजेसम्म मात्रै  सञ्चालन गर्न अनुरोध गरेको छ । मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको हो ।

चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सदभाव खलल् पुग्ने कुनै पनि गतिविधि नगर्नु/नगराउनु पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले जारी गरेको सूचना विपरीत कसैले गैरकानूनी कार्य गरे/गराइएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलमा जानारी गराउन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?