
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ६० देखि अधिकतम १ सय ८० रुपैयाँ कायम गरेको छ।
- पछिल्लो एक महिनामा तने बोडीको थोक मूल्य ९१ प्रतिशतले बढेर १ असोजको ९० रुपैयाँबाट १ सय ८० रुपैयाँ पुगेको छ।
- खुद्रा व्यापारीले तने बोडी प्रतिकिलो २ सय ५० देखि २ सय ७० रुपैयाँमा बिक्री गरिरहेका छन्।
२ कात्तिक, काठमाडौं । बजारमा तने बोडीको भाउ निरन्तर बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले तने बोडीको भाउ बढेको देखाएको हो ।
आज आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ६० देखि अधिकतम १ सय ८० रुपैयाँ कायम छ ।
पछिल्लो एक महिनामा तने बोडीको भाउ प्रतिकिलो थोकमा नै ९१ प्रतिशत बढेको छ । १ असोजमा तने बोडीको थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ थियो । अहिले भने किलोमै १ सय ८० रुपैयाँ पुगेको छ ।
तर, खुद्रामा भने व्यापारीले प्रतिकिलो २ सय ५० देखि २ सय ७० रुपैयाँमा बिक्री गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4