+
+

तिलोत्तमाका किसानलाई अनुदानमा गहुँको बिउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १४:०२

२८ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमाका किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु गरिएको छ ।

नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु भएको हो ।

नगरपालिकाले गत वर्ष पनि गहुँको बिउमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिउमा अनुदान दिइएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

किसानबाट माग परिमाण संकलन गरेर भलबारी दल्का स्थित कृषि सेवा केन्द्रमार्फत् बिउ वितरण गरिएको हो । नगरपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिउको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो ।

नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिउ उपलब्ध गराएको हो । बिहीबार भलबारीस्थित कृषि सेवा केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. ११ मृगौलीका किसान विश्राम कुँवर र रामलगन यादवलाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गरे ।

गहुँको बिउ वितरणको व्यवस्थापन कृषि शाखा र कृषि व्यवसाय प्रवद्र्धन समितिको सहकार्यमा भएको छ । गत वर्ष ५२ मेट्रिक टन गहुँको बिउ वितरण गरिएकोमा यस वर्ष १४५ मेट्रिक टन माग रहेको छ ।

तिलोत्तमाको वडा नं. १३, १४, १६, १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ । गत वर्ष अनुदानमा उन्नत जातको बिउ दिएकाले गहुँ उत्पादन २० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?