+
+

उपमेयरको उपस्थितिमा खुलामञ्चको टहरामा तालाबन्दी (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ कात्तिक २९ गते १४:०५
दुईमाजु गुठीको जग्गामा बनेका टहरामा ताला लगाईदै ।

२९ कात्तिक, काठमाडौं । खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ । खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो ।

उक्त जग्गामा शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा ताला लगाइएको हो । दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो ।

गुठी संस्थानले सुरुमा अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँमा भाडामा दिएको थियो । गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ । काठमाडौं महानगरपालिका २८ नम्बर वडा कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार टहरा हटाउनेबारे जानकारी गराएको थियो ।

गुठी संस्थानले भट्टराईसँगको सम्झौता रद्द गरी सो देवस्थल र वरपरको प्रांगण सफा सुरक्षित गर्ने र कुनै संरचना बनेको भए खाली गराउने भनी निर्णय गरेकाले हटाइएको महानगरपालिकाले जनाएको छ ।

   

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?