+
+

उद्योगी रुप ज्योतिलाई हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १५:२५

२९ कात्तिक, काठमाडौं । उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखेको छ ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए ।

‘हामीले मुद्दा नचलाउने निर्णय गरेका छाैं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हाे त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छौं । मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौ’ उनले अनलाइनखबरसँग भने ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?