+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नियम उल्लंघन गर्ने चालकलाई फूलको गुच्छा र खादा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १६:५०

२९ कात्तिक, गोरखा । ‘ल लिनुस्, यो फूल,’ सवारी चालकको हातमा फूलको गुच्छा थमाउँदै एसपी ओमप्रसाद अधिकारीले भने, ‘सवारी नियमको सँधै पालना गरेर सुरक्षित यात्रा गराउनुहोला ।’ साथमा खादा पनि ओडाइदिए । अन्य समयको भन्दा भिन्न व्यवहार पाएपछि चालकसँगै यात्रुहरु पनि दंग परे । चेकजाँचमा खटिएका ट्राफिक प्रहरीहरु पनि चालकलाई खादा ओडाएर फूलको गुच्छा बाँड्न व्यस्त देखिन्थे । शुक्रबार गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोको यो दृश्य अनौठो लाग्नु स्वभाविक नै हो । सवारी नियम पालना गर्ने होस् वा उल्लघंन गर्ने सबै चालकलाई दोसल्ला ओडाएर फूलको गुच्छा बाँडियो ।

‘अरु समयमा हामी नियम उल्लघंन गर्ने सवारी चालकलाई कारबाही गर्थ्यौं तर आज हामीले सम्झाइ बुझाइ गरेर छाड्यौं,’ उनले भने । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यो अभियान संचालन गरिएको बताउँदै एसपी अधिकारीले थपे, ‘अरु दिन दण्डात्मक कारबाही गर्दै आएका थियौं, तर अब महिनाको एक दिन यसरी नै सम्झाइ बुझाइ गरेर पठाउँछौ ।’ साथै नियम पालना गर्ने चालकलाई सम्मान गरिने उनले बताए ।

सँधै जरिवाना गर्दा ट्राफिक प्रति नकरात्मक सोच बढ्ने जिल्ला ट्राफिक प्रमुख सुकबहादुर बिकले बताए । उनले भने, ‘जरिवाना मात्रै गर्दा हामीप्रति सँधै नराम्रो सोच हुनेभयो त्यसैले महिनाको एक दिन जरिवाना नगरी सम्झाइ बुझाइ गरेर पठाउँदा नियम उल्लघंन गर्नेको संख्या घट्छ अनि हामी प्रति सकारात्मक सोच आउँछ भन्ने अपेक्षा गरेका छौ ।’ शुक्रबारबाट सुरु गरिएको अभियानले अब निरन्तरता पाउने उनको भनाइ छ ।

ग्रामिण भेगमा पुहँच बढाउँदै ट्राफिक

सदरमुकाममा मात्र केन्द्रित रहँदै आएको ट्राफिकले ग्रामिण भेगमा पनि पहुँच बढाउन थालेको छ । सिमित जनशक्तिका वावजुद पनि ग्रामिण सडकमा चेकजाँचलाइ तीव्रता दिइएको ट्राफिक प्रमुख बिकले बताए । ‘घ्याल्चोकमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरेर डियूटी सुरु गरिसक्यौं,’ उनले भने, ‘भच्चेकमा मंसिर १ गते पोष्ट स्थापना हुन्छ ।’ ट्राफिकको पहुँच नभएको अन्य ठाउँमा केही दिनका लागी ट्राफिक खटाएर चेकजाँचमा कडाइ गरिएको उनले जानकारी दिए । चेकजाँचमा कडाइ गरेसँगै जिल्लामा सवारी दुर्घटना कम भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?