Comments Add Comment

त्रिविलाई शैक्षिक केन्द्र र आकर्षक बनाउँछु : उपकुलपति बास्कोटा

२९ कात्तिक, काठमाडौं । त्रिुभवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले शैक्षिक र भौतिक सुधारका लागि आफूले काम गर्ने बताएका छन् ।

विश्वविद्यालयको शैक्षिक सुधारका साथमा केन्द्रीय क्याम्पस वरपर पर्खाल लगाउने, सडक सुधार गर्ने, त्रिविलाई डिजिटल प्रविधिमा लैजाने योजना रहेको उनले बताए ।

शुक्रबार विभिन्न विद्यार्थी संगठनसँगको छलफलमा नवनियुक्त उपकुलपति बास्कोटाले विश्वविद्यालयले सरकारसँगको समन्वयमा काम गर्ने पनि बताए ।

उनले त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्ने बताएका अनेरास्ववियू त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिए । उपकुलपति बास्कोटाले सडक सुधार र ठाउँ ठाउँमा बगैंचा बनाएर त्रिवि केन्द्रीय क्याम्पस परिसरलाई आकर्षक र सुन्दर बनाउने पनि बताएका थिए । उनले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा बगैंचा बनाउने पनि योजना सुनाएका थिए ।

त्रिविका अनुसन्धान निकायलाई सक्रिय बनाई अनुसन्धान कार्यलाई जोड दिने पनि उपकुलपति बास्कोटाले बताए । विद्यार्थी संगठनका प्रतिनिधिहरुले त्रिविमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment