+
+

‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी पक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३० गते २२:०८

ग्तबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’को निर्देशन गर्नेछिन् । यो चलचित्रका लागि नायिकाको रुपमा सुहाना थापा फाइनल भैसकेकी थिइन् । अब, निर्माणपक्षले चलचित्रका लागि नायक पनि फाइनल गरेको छ । |

चलचित्रमा नायक अनमोल केसी नै फाइनल भएका छन् । अनमोललाई शनिबार निर्माणपक्षले कागजी संझौता गरेसँगै ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी दोहोरिने पक्का भएको हो ।

अनमोलले ‘ए मेरो हजुर ३’ पछि बाहिरी ब्यानरको चलचित्र ‘धुपौरे’ साइन गरेका थिए । तर, छायांकनमा जानुअघि अनमोलले यो चलचित्र छाडे । उनै, अनमोल गतबर्ष आफू अभिनित ब्लकबस्टर चलचित्रको चौथो सिरिजमा काम गर्न राजी भएका हुन् । यसपटक भने चलचित्रको कथा म्यूजिकल लभ स्टोरी हुनेछैन । निर्देशक थापाका अनुसार, प्रेमकथामै चलचित्र बग्नेछ ।

चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने योजना यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?