+
+
Shares

राष्ट्रिय वाणिज्य बैंक बन्यो धेरै कर तिर्ने बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १३:३२

१ मंसिर, काठमाडौं । मुनाफा धेरै कमाउनेमा पहिलो नम्बरमा देखिदै आएको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा बैंकमध्येमा सबैभन्दा धेरै कर तिरेको छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा बैंक तथा वित्तीय संस्थामध्येकै सबैभन्दा धेरै कर तिरेको भन्दै सरकारले राष्ट्रिय वाणिज्य बैंकलाई आइतबार सम्मान गरेको हो । आठौं कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १२ करोड रुपैयाँ मूनाफा आर्जन गर्दै मुनाफाका आधारमा पनि पहिलो नम्बरमा देखिएको छ ।

यसैगरी मध्यस्तरीय कर धेरै तिर्नेमा कामना सेवा विकास बैंक देखिएको छ । बीमा तर्फ सबैभन्दा धेरै कर तिर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । लघुवित्ततर्फ सबैभन्दा धेरै कर तिर्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?