+
+
Shares

बालबालिकालाई प्रकृतिसँग घुलमिल गराऔं

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते ११:४४

बाल्यावस्था त्यो समय हो, जसमा बाल-बालिकाको आनी-बानी, उनीहरुको स्वभाव, मनपर्ने-नपर्ने कुराहरु छुट्याउन सक्ने राम्रो बानी बसाल्न सकिन्छ । तपाईंले बालबालिकाहरुलाई सानै उमेरदेखि पर्सनल हाईजर्नीदेखि खानपानको राम्रो बानीको प्रशिक्षण दिनुहुन्छ । त्यसैगरी उनीहरुलाई पर्यावरणप्रति जागरुक गर्ने बानीको विकास पनि बाल्यावस्थाबाट नै गर्नुपर्छ ।

उनीहरुलाई बोलेर भन्नुभन्दा उनीहरुमा स-साना अभ्यासबाट प्रकृतिमैत्री बनाउनपर्छ । यी सबै कुराहरुको रमाइलो पक्ष भनेको तपाईंले आफ्ना बालबालिकालाई राम्रो कुरा सिकाएर पैसा बचत गर्न पनि सक्नुहुन्छ ।

बिजुलीको उर्जा बचाउनु पहिलो शिक्षा हो । जुन तपाईंले आफ्ना बालबालिकालाई सिकाउनुपर्छ । प्रकृतिमैत्री बनाउनका लागि तपाईंले उनीहरुलाई अनावश्यक बिजुलीको उपकरणहरु खुला राख्नु हुँदैन भन्ने कुरा भन्नुपर्छ । तपाईंले पनि पारम्परिक बिजुलीका बल्वहरुभन्दा एलइडी लाइट प्रयोग गरेर विद्युतको खपत कम गर्नुपर्छ ।

धारा खुल्ला राख्नुहुँदैन

आफ्ना बाल-बालिकाहरुलाई पानीको हरेक थोपाको महत्व बुझाउनुपर्छ । उनीहरुलाई नुहाउँदा, ब्रस गर्दा र सरसफाई गर्दा पानी खेर जाने कुराप्रति सचेत गराउनुपर्छ ।

प्लाष्टिकको प्रयोग गर्नुहुँदैन

भान्छामा प्लास्टिकको डस्टबिनभन्दा काँचको डस्टबिनको प्रयोग गर्नुपर्छ । बालबालिकालाई प्लाष्टिकले बनेका खेलौना दिनुभन्दा काठबाट बनेका खेलौना खेल्न दिनुपर्छ । किनमेल गर्न जाँदा घरबाट कपडाको झोला लिएर जानुुपर्छ । प्लास्टिक ब्यागलाई प्रयोग गर्नुहुँदैन । कपडाको झोलाले बच्चालाई सजाउन सिकाउनुपर्छ ।

सामानहरुलाई व्यवस्थित राख्न सिकाउनुपर्छ

बालबालिकाहरुलाई प्रकृतिमैत्री बनाउनका लागि सबैभन्दा ठूलो कुरा भनेको सामानहरुको कदर गर्न सिकाउनुपर्छ । उनीहरुलाई जहाँ गए पनि आफ्नो घर जस्तै सोच्नुपर्छ भनेर सिकाउनुपर्छ । जसरी हामी आफ्नो घरमा सामानहरु व्यवस्थित तरिकाले राख्छौं । त्यसैगरी बाहिर पनि सरसफाईलाई ध्यान दिनु पर्छ ।

अर्ग्यानिक सामानहरुप्रति सजग गराउनुपर्छ

यदि तपाईंको घर बाहिर ठाउँ छ भने त्यहाँ स-साना किचन-गार्डेन बनाउन सक्नुहुन्छ । त्यहाँ आफ्नो घरको लागि आवश्यक सागपात रोप्न सक्नुहुन्छ । यदि ठाउँ धेरै सानो छ भने सानो जडीबुटी रोप्न सक्नुहुन्छ । यस्तो कामको लागि बालबालिकाको सहयोग लिनुपर्छ । उनीहरुलाई घरमा फलेका अग्र्यानिक तरकारी र जडीबुटीको महत्वको बारेमा सम्झाउनुपर्छ ।

त्यति मात्र होइन तरकारी किन्न जाँदा आफ्ना बालबालिकालाई पनि सँगै लैजानुपर्छ । उनीहरुलाई मौसमी र ताजा चिजहरु चिन्न सिकाउनुपर्छ । यदि कुनै स्थानीय किसानले बजारमा तरकारी बेचिरहेको छ भने बालबालिकालाई उसँग किन्न के फाइदा हुन्छ भन्ने कुरा पनि बुझाउनुपर्छ ।

घरमा कम्पोस्ट बनाउनुपर्छ

बालबालिकालाई अग्र्यानिक फोहोरहरु, जस्तै तरकारीको बोक्रा, कागज अथवा पातहरुको प्रयोगले कम्पोस्ट मल बनाउने व्यवहारिक तरिका सम्झाउनुपर्छ । यसको लागि तपाईंलाई कम्पोस्ट बक्सको आवश्यकता पर्छ । यो तरिकाको प्रयोग गरेर तपाईं आफ्ना बालबालिकाहरुलाई फोहोरलाई रिसाइकल गर्न सिकाउन सक्नुहुन्छ । बालबालिका फोहोरको सही प्रयोग कसरी गर्ने भन्ने कुरा सिकाउन सकिन्छ ।

बालबालिकालाई प्रकृतिका नजिक ल्याउनुपर्छ

बालबालिका प्रकृतिको नजिक त्यसबेला हुन्छन्, जब उनीहरुले त्यसको सुन्दरतालाई महसुस गर्छन् । त्यसका लागि उनीहरुलाई साँझ अथवा बिदाको दिन पार्क घुम्न लिएर जानुपर्छ । यदि त्यहाँ पोखरी छ । माछा र हाँस पालिएको छ भने तिनीहरुलाई दाना खान दिन सिकाउनुपर्छ । लामो छुट्टी भएको समयमा उनीहरुलाई ग्रामीण क्षेत्रहरुमा घुम्न लैजानुपर्छ । जब उनीहरु प्रकृतिसँग घुलमिल हुन्छन् स्वाभाविक रुपले उनीहरु यसप्रति आकषिर्त हुन्छन् ।

उनीहरुको बानीमा पनि ध्यान दिनुपर्छ

गार्डेनिङ, साइक्लिङ अथवा ढुंगा छान्ने गतिविधिहरुमा उनीहरुको रुचि जगाउनुपर्छ । जब उनीहरुको नैसर्गिक गतिविधिहरुमा रुचि जाग्न थाल्छ । तब उनीहरु आफै प्रकृतिसँग प्रेम गर्न सुरु गर्छन् ।

पुरानो सामानको कलात्मक प्रयोग गर्न सिकाउनुपर्छ

पुरानो ब्याग, कपडा, पत्रिका, डब्बा आदिलाई प्रयोगमा ल्याउने काम सुरुआती ट्रेनिङ बालबालिकालाई घरबाट नै प्राप्त भयो भनेपछि गएर उनीहरुले घरमा काम नलाग्ने पुराना सामानहरुलाई पुनः काममा ल्याउन सक्छन् । यो आफैंमा प्रकृतिको ठुलो सेवा साबित हुनेछ ।

‘सेयरिङ इज केयरिङ’को महत्व बताउनुपर्छ

आफ्ना साना बच्चाहरुलाई कुनै कुरा बाँड्नु भनेको कति राम्रो कुरा हो भनेर सम्झनाउनुपर्छ । उनीहरुलाई आफ्ना पुराना कपडाहरु तथा पुराना किताब अनि खेलौनाहरु अन्य बच्चाहरुलाई खुशी बाँड्न लगाउनुपर्छ । चाहे आफूभन्दा स-साना भाइ-बहिनीलाई होस् अथवा अन्य आवश्यकतामा परेका बालबालिकाहरुलाई होस् । तपाईंले उनीहरुलाई डोनेसन क्याम्पमा पनि लगेर कसरी मानिसहरुले थुप्रै प्रकारका चिजहरु डोनेट गर्छन् भन्ने कुरा पनि देखाउनुपर्छ । यसले उनीहरुमा पुराना चिजहरुलाई कसरी राम्ररी प्रयोग गर्ने भन्ने कुराको संवेदनशिलता समेत जागृत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?