Comments Add Comment

निर्माणमैत्री ऐन बनाउन माग गर्दै व्यवसायीको प्रदर्शन

४ मंसिर, काठमाडौं । निर्माणमैत्री ऐन तथा नियमावलीको माग गर्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सार्वजनिक खरिद आठौं संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै उनीहरुले बुधबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले म्याद थप र बैंक क्रेडिट लाइनलगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद आठौं संशोधनअनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको बताए ।

उनले ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै आक्रोशसमेत पोखे । सार्वजनिक खरिद ऐनअनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौताअनुसार कानुनी कारबाही भोग्न आफूहरु तयार रहेको पनि उनीहरुले बताए ।

व्यवसायीहरु माइतीघर मण्डलादेखि थापाथली त्रिपुरेश्वर हुँदै युनाइटेड वर्ल्ड ट्रेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए । बुधबार र बिहीबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment