+
+
Shares

दोलखामा आफै चढेको बसले किच्दा ७० वर्षीया वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १७:११

४ मंसिर, काठमाडौं । दोलखाको भिमेश्वरमा आफै चढेको बसले किच्दा बुधबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका-२ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङ रहेकी छन् ।

भिमेश्वर नगरपालिका-८ चरंगेखोलास्थित सडकमा बा.३ ख २९९७ नम्बरको बसले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

रोकी राखेको बस अचानक पछाडि गुड्दा बसमा सवारमध्ये उनको भाग्ने क्रममा किचेर मृत्यु भएको हो ।

बस पछाडि गुड्न थालेपछि बसमा सवार सोही ठाउँकी मिरा तामाङ बसबाट हामफालेर भाग्ने क्रममा उनको दुई महिनाका छोरा छिरिङ लामा घाइते भएका छन् । घाइते बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट पठाइएको प्रहरीले जनाएको छ । बस चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?