+
+

जनकपुरमा एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १४:३२

५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।

प्रसुति व्यथा लागेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने अनिषा जयसवाललाई जनकपुरधामस्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो । २६ बर्षीया उनको बिहीबार एकै पटक तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।

शल्यक्रिया मार्फत प्रसुति गराउँदा तिम्ल्याहाको जन्म भएको महिलाका पति बजरंग जयसवालले बताए । जन्मेका बच्चाहरुको तौल २ किलो, एक किलो ७ सय र एक किलो ५ सय ग्राम रहेको अनिषाको शल्यक्रिया गर्ने चिकित्सक बृजमोहन रजकले बताए । एक किलो ५ सय ग्राम तौल भएको शिशुलाई एनआइसियुमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?