Comments Add Comment

परराष्ट्रमन्त्री रसिया र सर्वियाको साताव्यापी भ्रमणमा जाँदै

५ मंसिर, काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रसिया र सर्वियाको औपचारीक भ्रमण गर्ने भएका छन् । आगामी २३ नोभेम्बरमा उनी मस्कोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग परराष्ट्रमन्त्रीले २५ नोभेम्बरमा भेटवार्ता गर्नेछन् । २६ नोभेम्बरमा उनले नेपाल-रसिया सम्वन्ध र समन्वयका विषयमा मस्कोस्थित इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्समा प्रवचन दिने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणको दोस्रो चरणमा परराष्ट्रमन्त्री ज्ञवाली २७ नोभेम्बरमा बेलग्रेड पुग्नेछन् । यो वर्ष नेपाल र सर्वियाबीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० औं वाषिर्कोत्सव पनि हो । सर्वियामा ज्ञवालीले त्यहाँका प्रथम उपप्रधानमन्त्री तथा विदेश मन्त्री इभिका डेसिससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

यसैगरी, सर्वियामा स्थानीय चेम्बर अफ कमर्स तथा ट्राभल-टुर अपरेटरहरुसित हुने अन्तरक्रियामा परराष्ट्रमन्त्री सहभागी हुने विज्ञप्तिमा उल्लेख छ ।

रसिया भ्रमणमा जाने परराष्ट्रमन्त्रीको टोलीमा परराष्ट्र सचिव शंकर दास वैरागी, रसियाका लागि नेपालका राजदूत ऋषिराम घिमिरेलगायत रहनेछन् ।

यसैगरी सर्विया जाने प्रतिनिधिमण्डलमा सचिव वैरागी, सर्वियाका लागि नेपालका गैरआवासीय राजदूत रमेश प्रसाद खनाल र अन्य केही सरकारी अधिकारी रहनेछन् । ३० नोभेम्बरमा परराष्ट्रमन्त्रीको टोली नेपालका लागि प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment