Comments Add Comment

नक्कली र सक्कली घर मसला कसरी चिन्ने ?

तपाईं/हामीले दैनिक खाने मसलाहरु कत्तिको गुणस्तरयुक्त हुन्छ, ध्यान दिने गर्नुभएको छ ? पसलेहरुले खुल्ला ठाउँमा राखेर बेसार, जिरा, गरम मसाला, तरकारी मसला, खुर्सानी पाउडर आदि मसला बेच्छन् । त्यसमा अधिक नाफा कमाउनको लागि अन्य खाद्यान्न समेत ठूलो मात्रामा मिसाउने गरेका हुन्छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु खुला ठाउँमा बिक्री हुने मसलामा माटोका कणहरु पर्याप्त हुने भएकोले यसमा यस्ता मसलाहरु आफैंमा कम गुणस्तरयुक्त हुने बताउँछन् । खुल्ला ठाउँमा राखिएका यस्ता मसलाको साथ धुलोका कणहरु समेत खानामा मिसिन्छन् । जसले शरीरमा गम्भीर रोगहरू निम्त्याउन सक्छ । त्यसैले गुणस्तरयुक्त मसलाको लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

आफैं पिसेर मसला प्रयोग गर्नुहोस्

विज्ञहरू भन्छन ‘बजारबाट मसलाहरू किनेपछि यसको पाउडर बनाएर तरकारीमा प्रयोग गर्नु राम्रो हुन्छ । जब हामी बजारमा खुला मसला वा प्याकेटमा राखिएकको मसलाको साथ तरकारी बनाउँछौं । त्यसमा स्वाद समेत आफैंले बनाएको मसलाको जस्तो हुँदैन । त्यसैले मसलाको कच्चा बस्तु ल्याएर आफैं पिसेर मसला बनाउनुहोस् ।

सस्तो भयो भन्दैमा मसला किनिनहाल्नुहोस्

खाद्य तथा सुरक्षा अधिकारीहरु सस्तो भयो भन्दैमा जुन पायो उही कम्पनीको मसला खरिद गर्नुहुँदैन । त्यस्ता मसलाहरुमा धेरै मिसावट हुने भएकोले यसले स्वास्थ्यमा समेत गम्भीर असर गर्न सक्छ । यदि मसला गाढा रंगको छ भने त्यस्ता मसला प्रयोग गर्नुहुँदैन । यदि सम्भव छ भने सिंगो मसला नै राम्रो हुन्छ ।

मसलामा मिसावट कसरी पत्ता लगाउने ?

बेसारमा मिसावट

कुनैपनि बेसार देख्नमा हल्का रातो रंगको हुने गर्छ भने त्यसमा मिसावट छ भन्न सकिन्छ । किनभने बेसार जहिले पनि पहेँलो किसिमको हुन्छ । जानकारका अनुसार कुनैपनि रंग केमिकलबाट बनाउने गरिन्छ । हामीले खाने बेसार केमिकलसँग मिसाएर खाने हो भने यसबाट गम्भीर किसिमका रोगहरु समेत लाग्न सक्छ । बेसारलाई पानीमा हाल्दा छिट्टै नै गायब हुन्छ भने त्यहाँ मिसावट छ भन्न सकिन्छ ।

धनियाँमा मिसावट परीक्षण

धनियाँमा पनि मिसावट परीक्षण गर्ने सजिलो तरिका हुन्छ । गाँजरको पातलाई सिलौटोमा पिसेर पाउडरवाला धनियाँसँग मिसाउँदा धनियाँको पाउडरबाट गन्ध आएन भने त्यसमा मिसावट छ भन्ने जानकारी मिल्छ ।

दालचिनी

क्यासिया दाल चिनीमा मिसाईयो भने वास्तविक दालचिनी हल्का खैरो र पातलो तह मिलेर बसेको हुन्छ । यसको एक अलग सुगन्ध आउँछ ।

नुन

सामान्य नुन कसरी पहिचान गर्ने र नुनलाई आयोडाइज कसरी गर्ने भन्ने पनि छुट्टै विधि हुन्छ । यसको लागि आलु लिनुहोस्, बीचमा काट्नुहोस् र सामान्य नुन राख्नुहोस् । यसमा नुनलाई आयोडाइज गर्नुहोस् र केही थोपा निम्बुको रस थप्नुहोस् । १० मिनेटपछि हेर्नुहोस् यदि यसको रंग नीलो भयो भने यो आयोडाइज्ड नुन हो । यदि यसको रंग अरु नै भयो भने यो साधारण नुन हो भन्ने जान्दा हुन्छ ।

केसरी

वास्तविक केसरको रंग गाढा हुन्छ । यो सजिलै भाँचिने स्वभावको हुँदैन । जबकि मिसावट गरिएको केसर एकदम सजिलै बिच्छेद हुने स्वभावको हुन्छ । यसको रंग पनि हल्का रातो र पहेँलो हुन्छ । यदि केसर पानीको सतहमा बस्छ र आˆनो रंग छोड्दछ भने यो वास्तविक कुरा हो ।

ल्वाङ

जब ल्वाङको प्राकृतिक तेल बाहिर निकालिन्छ र यो पानी माथि तैरन्छ । यो वास्तविक ल्वाङ होइन । यदि तपाईं रोगबाट बच्न चाहनुहुन्छ भने डाईट परिवर्तन गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment