Comments Add Comment

अन्धविश्वासको सिलसिला कसरी सुरु भयो ?

के तपाईंलाई भूतप्रेतमा विश्वास लाग्छ ? निर्धक्कसाथ भन्नुहुनेछ, लाग्दैन । त्यसो भए भूतप्रेतको प्रसंग कहाँबाट आयो ? किन भूतप्रेत भन्नसाथ मान्छेहरु भयाभित हुन्छन् ?

पछौटे समाजमा मात्र होइन, विकसित र सभ्य भनिने पश्चिमा मुलुकमा पनि भूतप्रेतको अस्तित्वबारे चर्चा हुन्छ । चाहे साहित्यमा होस् वा चलचित्रमा, भूतप्रेतलाई स्थान दिइन्छ ।

हामी भन्छौं, भूतप्रेत भन्ने कुरा अन्धविश्वास हुन् । यस्तै थुप्रै अन्धविश्वास छन्, जसलाई एउटा ठूलो जमातले भने विश्वास गर्छ । आखिर कसरी सुरु भयो अन्धविश्वासको सिलसिला ?

अन्धविश्वास को जन्म

हाम्रो संस्कृतिमा धेरै वैज्ञानिकताका साथै थोरै ढोंग, डरका कारण देखिएको श्रद्धा र कतैकतै कट्टरपन्थी सोच पनि पाउन सकिन्छ । जतिबेला कुनै कुराको वैज्ञानिक आधारहरु पत्ता लागेको थिएन त्यतिबेला आफ्ना विचारहरुलाई पुष्टि गर्नको लागि धर्मशास्त्रका पण्डितहरुले यसलाई धर्मसँग जोडेर पुष्टि गरे ।

कमै मान्छेले धर्मशास्त्र पढ्न सक्ने त्यो समयमा धर्मशास्त्रको गलत व्याख्या गराउने परिपाटीले संस्कृति भित्र अन्धविश्वासको जन्म भयो । हाम्रा पाण्डा, पण्डित, पुजारी, चार्डपर्वहरू पनि विभिन्न प्रकारका तिथि र अनुष्ठानसँग सम्बन्धित छन् । हाम्रा धेरै संस्कृतिहरु ऋग्वैदिक काल र त्योभन्दा पहिलेको सभ्यतादेखि समेत चल्दै आएको पाइन्छ । तर, त्यतिबेलाका वेद र त्यसैको समकालीन ग्रन्थहरुले समेत अन्धविश्वासको भारी बोकेका छन् त ? अवश्य पनि छैनन् । त्यसैले यी सबै अन्धविश्वासहरु मध्यकालमा परिवर्तन भएका कैयौं व्यवहारहरुसँग सुरु भएका हुन् भन्न सकिने आधार छ ।

वैदिक साहित्यहरु वा आर्यहरु सबैखाले संस्कारहरु पनि वेदसँग बाझिएको हदसम्म असिद्ध हुने बताउँछन् । तर, हाम्रो समाजमा देखिएका अन्धविश्वासहरु कुनैपनि वैदिक ग्रन्थहरुमा पाईंदैन । प्राचीन समय कट्टर एवं परम्परावादी समाज थियो । त्यो समाजमा पढेका मानिसहरु निकै कम हुन्थे । धर्मशास्त्र र सामाजिक कानूनहरु एकदुई जना विद्वानहरुको भरमा लेखिने गथ्र्याे । त्यही पढेलेखेकाहरुसँग आफू शक्तिशाली भएको सोच विकास भएसँगै विभिन्न किसिमका अन्धविश्वासहरु सुरु हुन्छन् ।

मनुस्मृतिले उल्लेख गरेको र ऋग्वेदमा समेत संकेत पाइने जात प्रथालाई बिगारेर छुवाछुत प्रथाको रुपमा परिणत गरियो । तर, यसको वास्तविकता हामीले भोगेको जस्तो होइन । एउटा बच्चा जन्मिएको ८ वर्षसम्म उसले जातको भारी बोक्नु पर्दैन । तर, जब उसले ८ वर्षपछि द्विज बन्ने वा नबन्ने निर्णय गर्छ, त्यहीँबाट सुरु हुन्छ वर्णको पहिचान । ऊ वेदाध्यायन तिर जानको लागि ८ वर्षमा नै उपनयन संस्कार गर्छ भने ब्राहृमण भयो, शस्त्रअस्त्रको ज्ञानमा पारंगत भयो भने क्षत्रीय भयो । यसरी नै उनीहरुको जात निर्धारण हुन्थ्यो । ब्राहृमण क्षत्री र वैश्यको उपनयन पछि दोस्रो जन्म हुनेे विश्वास छ । त्यसैले उनीहरुलाई द्विज भनियो । ब्राहृमण क्षत्री जस्ता जाति पनि समाज व्यवस्थित गराउनको लागि कर्मको आधारमा गरिएको विभाजन हो ।

भगवानको शक्तिबारेको अपव्याख्या

सर्वधमान् परित्यज्य, माम एकं शरणं व्रजः । अहं त्वां सर्वपापेभ्योक्षयिष्यामि मा शुचः (भागवत गीताश्लोक १८/६६)

यसको अर्थ हुन्छ ‘सबै धर्मलाई परित्याग गरी मेरो शरणमा आऊ । म तिमीहरुलाई सबै पापको क्षमा गरी शुद्ध बनाइदिन्छु ।’ हामीले यसैलाई अरु धर्म मान्नु हुँदैन कृष्णकै शरणमा जानुपर्छ भनियो भने त्यसैमा पनि अन्धविश्वास लुकेको हुन्छ । संस्कृत शब्दावलीमा एउटै शब्दको सयभन्दा धेरै अर्थ समेत हुन्छ । तर, हामी एउटा सामान्य अर्थमा दर्शनलाई संकुचित गर्न खोज्छौं । त्यहीँबाट सुरु हुन्छ, अन्धविश्वासको एउटा खुडि्कलो ।

माथि उल्लेखित उक्तिमा भनिएको जस्तै भगवान छन् भने उनी पक्कै पनि सर्वशक्तिमान हुनै पर्ने हो । भगवान सर्वशक्तिमान छन् भने त्यति नै बेला यस्ता विविध किसिमका प्रविधिले त्यस्ता ग्रन्थहरुको किन रचना गरिएन ? लिखित भाषाकै विकास पनि झण्डै ३ हजार वर्ष अघिदेखि मात्रै विकसित भएको स्पष्ट इतिहास पाइएको छ भने त्यतिबेला भाषाकै समेत किन विकास भएन त ? यस्तै यस्ता प्रश्नहरु आउँछन् । त्यसैले जुन धर्ममा दर्शन छैन त्यो ढोंग हो भन्न सकिन्छ । त्यस्तै, जुन धर्ममा दर्शन छ त्यो केवल दर्शन हो । दर्शनलाई सामान्य रुपमा गरिने व्याख्याले समेट्दैन । त्यसैले यी सबै अन्धविश्वासहरु धर्म बुझेका पण्डितहरुले विकास गराएको परम्परा मात्रै हो भन्न सकिन्छ ।

हिँड्दै गर्दा बिरालोले बाटो काट्यो भने त्यो अशुभ हुन्छ भन्ने कुरा प्राचीन धर्मशास्त्रहरुमा कतै पाईंदैन । यो पूर्वमा मात्रै नभएर पश्चिमा मुलुकमा समेत अन्धविश्वासको रुपमा रहेको पाइन्छ । यो कुरा सबै लोकमा चर्चित छ । बिरालोले बाटो काटेपछि मानिसमा यति डर पैदा भयो कि यसले बाटो नै परिवर्तन गर्नुपर्ने या अरु कोही मान्छे आएपछि उसैसँग जानुपर्ने तर्क गर्न थालियो । यो डरका कारण उत्पन्न भएको अन्धविश्वास हो ।

निरक्षरता मुख्य कारण

संसारमा यस्तो केही छैन जुन कार्यसँग कारण छैन । अर्थात् कार्यकारण सम्बन्धबाट नै यो संसार चलेको हुन्छ । यदि हामीलाई कुनै विषय थाहा छैन भने त्यो हाम्रो अशिक्षा वा अज्ञानता हो । दुईमा दुई जोड्दा चार हुन्छ भन्ने थाहा भएन भने एउटा जानेको चतुर व्यक्तिले तपाईंलाई तीन हुन्छ भनेर पनि आफ्नो स्वार्थ पूरा गर्नसक्छ । जानकारी नभएको कुरामा उसको विश्वास पनि गर्नैपर्छ । त्यहीँबाट पनि एउटा अन्धविश्वास सुरु हुन्छ ।

एउटा कुरा सत्य के हो भने मोबाइल, टिभी डिश, कार हुँदै जहाजसम्मको प्रविधि पनि हामीसँग पहिले नै थियो । तर, हामी अरुभन्दा पछि किन पर्यौं त ? यसको पनि मुख्य कारण हो अन्धविश्वास । भगवान शक्तिशाली हुन्छन् भनेर हामीले पुस्पक विमान मानिसको सामथ्र्यको कुरा होइन भन्ने सझियौं । बरु हामी त्यही बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ भन्नेकै पछि लाग्यौं । जसले यसलाई अन्धविश्वास सम्भिmए उनीहरुले यस्ता प्रविधिको विकास गरे । आज पनि धेरै कला र विज्ञान आफैंमा लुकेर बसेको छ । हामीले आˆनो दिमाग त्यसतर्फ चलायौं भने अझै धेरै प्रविधिहरुको विकास हुनसक्छ । जसका लागि शिक्षाको साथ ज्ञान बिल्कुल आवश्यक छ ।

यही अशिक्षाका कारण हामीहरु तर्कहीन कुरालाई ध्यान दिन्छौं । घरमा दही खाएर मन्दिरमा दर्शन गरेर दिन गएको परीक्षाको राम्रै नतिजा आउँछ भन्ने सोचाई राख्नु गलत हो । मन्दिर मन शान्ति र एकाग्रताको लागि गइन्छ । बाहिर जाने बेलामा दही खानु हामीहरुको संस्कार हो । यो दुबै अपनाउनु सामाजिक प्राणीको रुपमा आवश्यक छ । तर, यसैलाई अन्धविश्वास गर्नु हुँदैन ।

अन्धविश्वासद्वारा घेरिएकाहरु पूर्ण रुपमा कहिलैपनि प्रसन्न हुन सक्दैनन् । त्यसकारण शिक्षाको साथसाथ आफैंमा पहिले ज्ञानको ज्योति फैलाउनु पर्छ । सत्यलाई जाने बिना केही पनि विश्वास गर्नुहुँदैन । यदि केहि छ भने त्यसको वास्तविकता के हो ? कस्तो छ ? किन छ ? यी उत्तरलाई जान्न को लागि प्रयास गर्नुपर्छ । त्यहीँबाट हाम्रो वास्तविक विकास र उत्थान सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment