Comments Add Comment

सीमा सुरक्षा बैठकमा उठेन कालापानीको विषय

संयुक्त अभ्यास हुने

६ मंसिर, काठमाडौं । नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा भएको सीमा सुरक्षा बैठक सकिएको छ ।

नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो ।

छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा मात्रै केन्द्रित भयो । विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेश पाएन ।

‘हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुन्छ । त्यो विषय एजेण्डामै थिएन’, स्रोतले भन्यो ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय भएको छैन ।

टोली बिहीबारै काठमाडौं फर्किएको थियो भने शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको छ । टोली शनिबार भारत फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment