Comments Add Comment

कर्णालीका कर्मचारीलाई वर्गीकरण गरेर सेवा सुविधा थप्ने तयारी

योजना कार्यान्वयनलाई तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशअन्तरगतका निकायमा काम गर्ने कर्मचारीलाई वर्गीकरण गर्ने तयारी गरिएको छ ।

कर्णालीमा कर्मचारी बस्न नमान्ने भएकोले निश्चित मापदण्डका आधारमा क, ख, ग र घ बर्गमा वर्गीकरण गरी थप सेवा सुबिधा दिने तयारी सरकारले गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

केही कर्मचारीहरुमा सक्छु भन्ने तर केही नगर्ने प्रवृत्ति रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनको अवस्थालाई मापदण्ड मानेर उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने योजनासमेत रहेको सुनाए ।

मुख्यमन्त्री शाहीले शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै योजना कार्यान्वयन र बजेट खर्चलाई तीव्रता दिन कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदै भने- ‘कागजमा समय खेर फाल्ने भन्दा परिणाममुखी काम गर्नुस ।’

उनले विधि प्रक्रियाको नाममा योजना कार्यन्वयनलाई ढिला गर्ने, काम रोक्ने, टेवलमै काम अल्झाउने प्रवृत्ति सह्य नहुने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने भन्दै मुख्यमन्त्री शाहीले विगत वर्षबाट पाठ सिकेर बजेट कार्यान्वयनको गतिलाई बढाउनुपर्ने बताए ।

मन्त्रालय मातहतका कार्यालयलाई समय तालिका तय गरेर काम गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले समयतालिका बमोजिम काम भए नभएको मन्त्रालयले अनुगमन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment