Comments Add Comment

हेटौंडा आइपुग्यो ओलम्पिक टर्च

हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसारका लागि सुरु भएको ओलम्पिक टर्च हेटौंडा आइपुगेको छ । सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्ने क्रममा र्‍याली शनिबार बेलुका हेटौंडा आइपुगेको थियो ।

प्रदेश १ को राजधानी बिराटनगरबाट सुरु भएको र्‍याली प्रदेश २ को जनकपुर हुँदै हेटौंडा आइपुगेको हो । ओलम्पिक टर्च र्‍यालीमा ओलम्पियन एथलेटिक्स खेलाडीहरु मुकुण्डहरि श्रेष्ठ (१९८० मस्को), जीतबहादुर केसी (१९७२ म्युबिख), राजकुमारी पाण्डे (१९८८ एटलान्टा), कान्छीमाया कोजु (२००४ एथेन्स), ज्ञानबहादुर बोहरा (२००० सिड्नी) र सुटिङका टिकाराम श्रेष्ठ(२००४ एथेन्स) छन् ।

र्‍यालीमा सहभागीहरुलाई आइतबार बिहान खेलकुद विकास समितिले स्वागत गरेको छ । साथै हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले चितवनका लागि बिदाइ गरे ।

र्‍याली चितवन हुँदै प्रदेश ४ को बुटवल पुग्नेछ । यसैगरी कर्णाली प्रदेश र सुदुरश्चिम प्रदेश पुगेर मंसिर १५ गते दशरथ रंगशालामा उद्घाटन समारोहमा परिणत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment