Comments Add Comment

आजका पत्रपत्रिका : मेडिकल कलेज सञ्चालकलाई ‘ठगी मुद्दा’

९ मंसिर, काठमाडौं । मेडिकल कलेज सञ्चालकमाथि कारबाही गर्न सरकारले गरेको तयारी, बजेट खर्चका नाममा प्रदेश २ मा बढेको विकृति, सभामुख चयनलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरेका मेडिकल सञ्चालकहरूलाई ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको कान्तिपुरले छापेको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृह मन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही गर्नेबारे छलफल गरेको समाचारमा उल्लेख छ ।

शिक्षा मन्त्रालयले बढी शुल्क असुल्ने मेडिकल कलेजलाई फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको छ । आइतबार यस्तो अल्टिमेटम सकिए पनि विद्यार्थीसँग असुलिएको बढी रकम फिर्ता भएको छैन । सरकारले दिएको निर्देशन अटेरी गरेपछि सरकार गर्ने मुडमा पुगेको हो ।

नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम देवा २०२० को ग्रामी अवार्ड मनोनयनमा परेको अर्को खबर पनि कान्तिपुरमा छ । आउँदो जनवरी २६ मा अमेरिकामा हने अवार्डको ६२ औं संस्करणमा मनोज संलग्न एल्बम देवा कन्टेम्पररी इन्स्टुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यु एज एल्बम विधामा मनोनयमा परेको हो ।

बर्खास्त मन्त्रीले प्रधानमन्त्रीको रात्रिभोज बहिस्कार गरेकोलाई कान्तिपुरले भित्री पृष्ठमा कभरेज गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा शनिबार बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीलाई भोज दिए पनि रघुवीर महासेठबाहेकका बर्खास्तीमा परेका मन्त्री सहभागी नभएका हुन् ।

अन्नपूर्णले द्वन्द्वकालमा बेपत्ता ४ सय १५ जनाको छानबिनबिनै मृत्यु भएको अनुमानित विवरण बेपत्ता आयोगले सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पठाएको लेखेको छ ।

नागरिकले दरबारमार्गको जग्गा कानूनविपरीत भाडामा लगाइएको लेखेको छ भने नेपाल समाचारपत्रमा देशको अवस्था बुझ्न पूर्वराजा पश्चिम भ्रमणमा निस्किएको समाचार छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment