+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रमेश बीजी बने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १०:४७

९ मंसिर, काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा रमेश बीजी निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मत अन्तरले पराजित गर्दै रमेश बीजी अध्यक्ष चुनिएका हुन् ।

पोखरामा आयोजित प्रतिष्ठानको सातौं महाधिवेशनमा भएको निर्वाचनमा रमेशले ५८४ र विष्णुले ५४५ मत प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको सचिव रामु खड्काले जानकारी दिए ।

यसैगरी कोषाध्यक्ष पदमा राजु ढकाल ७३७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तारापति सुवेदीले ३७२ मत पाए ।

सहकोषाध्यक्षमा ७८० मतसहित ईश्वरी प्रसाद भुसाल विजयी भए । उनका निकटतम प्रतिस्पर्धी घनश्याम रिजालले ४०६ मत पाए ।

प्रशासनिक सचिवमा कृष्ण रेउले ६१९ मतअन्तरले विजयी भए । रेउलेले ८६४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी पुरुषोत्तम थापाको पक्षमा २४५ मत पर्‍यो ।

खुल्ला सचिव ७ जनामा जीवन दाहाल (७३८), रमेशराज भट्टराई (७३३), कुलेन्द्र विश्वकर्मा (६७७), हरि डाँगी (६२६), प्रचण्ड जीसी (६०६), बसन्त थापा (५९०) र पुस्कल शर्मा (५७३) मतसहित निर्वाचित भएका छन् ।

महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर (९१२), जानकी तारमी मगर (८६६), अन्जली अधिकारी (८१०), जुनाश्रीष मगर (७९८), अम्बिका लुंगेली मगर (७६१), सरला पाण्डे (७३६) र सीता राना (६३२) चुनिएका छन् ।

१२ जना खुल्ला केन्द्रीय सदस्यमा देवी घर्ती (१०१४), पीएन सापकोटा (८७१), प्रकाश सपुत (७८५), पुरुषोत्तम भण्डारी (७७९), प्रकाश भट्ट (७५४), याम क्षेत्री (७३१), विमल अधिकारी (७२३), महेन्द्र गौतम (६९९), दीपक गर्बुजामगर (६३०), सागर गुरुङ (५६६), विक्रम थापा (५२८) र युवराज मगर (५२५) निर्वाचित भएका छन् ।

विदेश शाखामा रामकृष्ण बम मल्ल (७६७) र दुर्गा पंगेनी (५५८) चुनिएका छन् ।

जो निर्विरोध निर्वाचित भए

वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा र महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चुनिएका छन् ।

यसैगरी महासचिव, उपमहासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् ।

शंकर वीसी र शिव हमाल उपसचिव निर्वाचित भएका छन् । सांगठनिक सचिवतर्फ खुमन अधिकारी र महिला सचिवमा जमुना रानामगर निर्विरोध निर्वाचित भएकी छन् ।

सहकोषाध्यक्ष पदमा पूर्णकला वीसी पनि निर्विरोध विजयी भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?