Comments Add Comment

धुलिखेलबाट साढे ९ लाखसहित २३ जना जुवाडे पक्राउ

९ मङ्सिर, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका-९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।

पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले ९ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा-३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा-२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा-३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा-४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका-७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा-११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका-५ का ३७ वर्षीय रामप्रसाद चौलागाईं , पाँचखाल नपा-७ का अच्युत चौलागाईं, महाभारत गाउँपालिका-३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा-६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका-७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका-७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका-१ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका-३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका-४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका-५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा-२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा-६ का २८ वर्षीय भुवन बलामी र सोही नपा-७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको आइतबार राति नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उनीहरुलाई साेमबार म्याद थप गरी थप अनुसन्धान गरिनेछ । अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारबाही थालिन जनाइएको छ ।

यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा-८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिइ एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा-६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट एक लाख ४७ हजार बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

धपक्क दशरथ रंगशाला

Advertisment