Comments Add Comment

ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जना पक्राउ

९ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका-४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गरेको आरोपमा ४ जनालाई आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बनस्थली डेरा गरी बस्ने काभ्रे नमोवुद्ध नगरपालिका घर भएका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका-१ का २४ वर्षीय रोशन लामा, ३० वर्षीय मान बहादुर विक र २२ वर्षीय राम लाल तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको उक्त सामानसहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनीहरुले गत शनिबार उक्त कारखानाबाट सो मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment