+
+
Shares

कृषिमा परिवर्तन गर्न कानून संशोधन गर्छौं : मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १४:०४

९ मंसिर, काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले मुलुकको अवस्थाअनुसार कृषि क्षेत्रको परिवर्तन गर्न कानून संशोधन गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बीउबीजनसम्बन्धी हालका नीति र कामलाई संघीय ढाँचा अनुरुप बनाउन कानून संशोधन गर्ने बताएका हुन् ।

‘बीउबीजनसम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरुप बनाउनुपर्नेछ,’ मन्त्री भुसालले भने, ‘आजको विज्ञान तथा प्रविधिको विकास तथा मुलुकको आवश्यकता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुने गरी आवश्यक कानुनहरु संशोधन गर्नेछ ।’

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढी सहयोगको अपेक्षा गरिएको पनि धारणा राखे । मुलुकको आवश्यकता पूरा गर्ने गरी कृषि क्षेत्रलाई अघि बढाउन निजी क्षेत्रसँगको सहकार्यमा पनि जोड दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?