+
+
Shares

मेडिकल कलेजलाई सरकारको नयाँ अल्टिमेटम : २४ घण्टाभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १७:१९

९ मंसिर, काठमाडौँ । मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता फिर्ता नगरे २४ घण्टाभित्र सरकारले कारवाही गर्ने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलले अवैध शुल्क असुल्ने कलेज विरुद्द एक्सनमा उत्रिने निर्णय गरेको स्रोतले बताएको छ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी थिए । ‘विद्यार्थी र अभिभावक ठगिएको टुलुटुलु हेरेर राज्य बस्न सक्दैन । भोलिदेखि मेडिकल कलेजविरुद्द सरकारको एक्सन सुरु हुन्छ’ बैठकमा सहभागी एक सदस्यले भने,  ‘एक्सन के गर्ने भन्ने कुरा सुरक्षाको कुरा हो, भएपछि थाहा हुन्छ।’

मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएको हो । तर कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।

पोखराको गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले २०७५ माघदेखि अवैध शुल्क विरोधको आन्दोलन गरिरहेका छन् । उक्त कलेजले २०७२ सालदेखि नै अतिरिक्त शुल्क असुलेको विद्यार्थीको आरोप छ । त्यस्तै वीरगञ्जको नेशनल कलेजले त झन् गतवर्ष भर्ना भएका १ सय जनाबाटै ५५ लाख भन्दा बढी रकम असुलेको तथ्य बाहिरिएको छ । जबकी सरकारले उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ । उक्त कलेलाई राजश्व छलिको समेत आरोप लागेको छ।

गण्डकीले बढी शुल्क असुलेको विषय नेपाल मेडिकल काउन्सिलको अनुगमन टोली र प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको अध्ययन प्रतिवेदनबाट समेत प्रमाणित भइसकेको छ ।

काठमाडौँ विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेजले ९ असोज २०७४ र ५ असोज २०७५ मा कलेजपिच्छे फरक शुल्क निर्धारण गरेको झुटो सूचना जारी गरेको थियो । त्यसैका आधारमा केयूका मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुद्ये आन्दोलन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?