Comments Add Comment

सरकारले देशको रक्षा गर्न सकेन : चन्द्र भण्डारी

९ मंसिर, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनु पर्ने बताएका छन् । भारतले नेपालको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको उनको भनाइ छ ।

देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउन सक्ने कम्युनिष्टले अहिले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना राख्दा समेत एक शब्द बोल्न नसकेको ओली सरकारले देशको रक्षा गर्न नसक्ने भण्डारीले आरोप लगाए ।

नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिबासी जनजाती संघले रुपन्देहीको मुर्गियामा गरेको बिरोध प्रर्दशनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दे उनले भने, ‘देश गुमाउँदा समेत सरकार एक शब्द बोल्दैन उनले प्रश्न  गर्दै भने हामीसँग सेना छ प्रहरी छ , खोइ त सिमाको रक्षा भएको ?’

नेताको घरमा पर्खाल उठाएर बन्दुक ताकेर सुरक्षा दिन मात्रै सेना प्रहरी राखेको हो ? कांग्रेस नेता भण्डारीले आक्रोश पाखे ।

नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले सरकारले नेपाली सेनालाई लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमानामा  भारतले आफ्नो नक्सा नसच्चाउँदा र नेपाली भूमिबाट सेना फिर्ता नगर्दासम्म आफूहरुको बिरोध प्रर्दशन जारी रहने बताए । उनले सरकारले सीमा समस्या सामाधानको लागि छिटो पहल गर्न आग्रह गरे ।

कांग्रेस नेता रामहरि खतिवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनुपर्ने सबै राजनीतिक दलले भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दु:खद् भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment