Comments Add Comment
सरकारको चौमासिक समीक्षा :

पुँजीगत खर्च सन्तोषजनक भएन, काम नगर्नेको ठेक्का खोस्न प्रधानमन्त्रीको निर्देशन

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पहिलाे चौमासिकमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताएका छन् । साथै सबै मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न निर्देशन दिएका छन् ।

सोमबार समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले समग्रतामा १४ प्रतिशत पुँजीगत खर्च न्यून भएको बताए । उनले भने, ‘गत वर्षको यसै अवधिमा एकातिर कर्मचारी समायोजन, अर्कोतिर कानून निर्माणमा लाग्दा पनि यो भन्दा बढी थियो ।’

उनले हप्ता-१५ दिन दिन कुन आयोजनालाई कसलाई ठेक्का दिइएको हो ? कहिले सम्पन्न हुनुपर्ने हो ? कुन कार्यालयले दिएको हो ? डिटेल तयार पार्न निर्देशन दिएका छन् ।

बैठकमा यति प्रतिशत काम भयो भन्ने मात्र आएको भन्दै उनले डिटेल माग गरेका हुन् । ‘खरिद ऐनको ५९ को ८ बमोजिम भएको छ कि छैन ? छैन भने नहुनुका पछाडि जिम्मेवार को ?’ उनले भने, ‘काम गर्न सक्ने अवस्था छ कि छैन ? यदि काम गर्न सक्ने अवस्थामा छैन भने आउट गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले ठेक्का प्रणाली परिर्वतन गर्नुपर्नेमा जोड दिए । कहिलेदेखि ठेक्का लिन थालेको र कतिवटा ठेक्का सम्पन्न गरेको भन्ने मात्र होइन, समयभित्र ठेक्का सम्पन्न गर्ने क्षमता छ कि छैन हेरेर मात्र ठेक्का दिनुपर्नेमा जोड दिए ।

उनले मन्त्रालयहरुलाई कसलाई कति अनुदान दिइयो भन्ने पूर्णविवरण प्रधानमन्त्री कार्यालयलाई दिन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment