Comments Add Comment

नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धि पुनरावलोकन बैठक सुरू

१० मंसिर, काठमाडौं । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा सुरु भएकाे छ । सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने गरी मंगलबार बिहान काठमाडाैंमा बैठक सुरू भएकाे नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

यसअघि भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई समेत बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले बताए । हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुनेछ ।

यस्तै, विशाखापट्टनमबाट जोगबनी (विराटनगर) रक्सौल (वीरगन्ज) र सुनवल (भैरहवा)सम्मका ब्लक कार्गाे ढुवानीसम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । यस्तै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) सम्बन्धमा पारवहन सन्धिमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले जानकारी दिए ।

झण्डै १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव पनि सहभागी हुनेछ । उस्तै संख्यामा भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लाले गर्नेछन् । बैठकको पहिलो सत्र बिहान १० बजे सुरु हुने सहसचिव ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment