Comments Add Comment

पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारी पक्राउ

१० मंसिर, वीरगञ्ज । पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारी पक्राउ परेका छन् ।

बहुदरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा जुवा-तास खेलिरहेको अवस्थामा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ का ५० वर्षीय बेराहिम मिया र वीरगञ्ज–२६, सुगौलीका ३६ वर्षीय लालबाबु पटेल छन् ।

पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९१ हजार ८ सय ९० र आइसी २८ हजार २ सय प्रहरीले बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

त्यसैगरी, वीरगञ्जबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका साब हुसेन, अमरुदिन मियाँ र पोखरिया–८ बस्ने महम्द मुर्तुजालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका बस्ने साब हुसेन, अमरुदिन मियाँ र पोखरिया–८ बस्ने महम्द मुर्तुजालाई पक्राउ गरिएको हो ।

वीरगञ्ज–१६, रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना.३८ प.४३४४ नं. को मोटरसाइकलमा सवार उनीहरूको साथबाट नाइट्राभेट ट्याब्लेट ४५ थान बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment