Comments Add Comment

टेस्लाका मालिकले एकै दिनमा गुमाए ८० अर्ब रुपैयाँ

अटोमोबाइल्स तथा ऊर्जासम्बन्धी अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले हालै निकै तामझामका साथ साइबरट्रक सार्वजनिक गरे ।

उक्त साइबर ट्रकले अनेकथरी प्रतिक्रिया सिर्जना गर्यो । तर साइबर ट्रकका कारण मस्कले एकै दिनमा ८० अर्ब रुपैयाँबराबरको सम्पत्ति गुमाउनु परेको छ ।

साइबर ट्रक सार्वजनिक गरेकै दिनमा टेस्ला कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको गिरावट भयो । कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एलोन मस्कले एकै दिनमा ७६ करोड ८० लाख डलर गुमाएका छन् । जसका कारण उनको कुल सम्पत्ति २३ अर्ब ६० करोडमा झरेको छ । यद्यपि, उनी अझै पनि विश्वका ४१ औं धनी व्यक्तिको रूपमा कायमै छन् ।

मस्कले हालै ट्विटरमार्फत एक खुलासा गर्दै २ लाख थान साइबर ट्रकको अर्डर गरिसकिएको बताएका थिए । कुनै विज्ञापन तथा खर्चिलो घोषणाबिनै यसो गरिएको उनको भनाइ थियो ।

टेस्लाको साइबर ट्रक २३१.७ इन्च लामो र ७९.८ इन्च चौडा र ७५ इन्च अग्लो हुनेछ । जसमा ६ जनासम्म मान्छेहरू बस्ने ठाउँ हुनेछ ।

साइबर ट्रक पूर्णतः विद्युतीय गाडी हुनेछ । जीवांश इन्धनबाट चल्ने विद्यमान ट्रकहरूको विकल्पमा वातावरणमैत्री ट्रक प्रयोगमा ल्याउने लक्ष्य साइबर ट्रकको रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment