Comments Add Comment

बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा भेटियो

१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोमछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् । ‘सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग उक्त बस क्रस भएको देखिन्छ’, उनले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार पक्राउ परेका सवारी चालकले भने दुर्घटना गराएको अस्वीकार गरेका छन् । यद्यपि, बस्तुस्थितिले उनकै गाडी घटनामा संलग्न भएको देखिने प्रहरी बताउँछ ।

आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा अज्ञात सवारी साधनको ठक्करबाट जोशीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment