+
+
Shares

सिफारिस समितिमा रहेर काम गर्न मानवअधिकार आयोगले राख्यो शर्त

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १४:३८

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिमा रहेर काम गर्न शर्त राखेको छ ।

मंगलबार बसेको मानव अधिकार आयोगको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी मात्र सिफारिस समितिमा रहेर काम गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिले दुई आयोगको पदाधिकारी बन्न इच्छुकको नाम सार्वजनिक गरिसकेपछि आयोगले त्यसमा रहेर काम गर्न शर्त राखेको हो । दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित समितिमा मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती पनि छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?