+
+
Shares

हनुमानढोका गद्दी बैठक सर्वसाधारणको लागि खुला

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १७:५६

१० मंसिर, काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठक सर्वसाधारणको लागि खुला भएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले गद्दी बैठकलाई निर्देशित भ्रमणका लागि सर्वसाधारणको लागि खुला गरेका हुन् ।

यसअघि गद्दी बैठक सर्वसाधारणको लागि खुला थिएन । अब निर्देशित भ्रमणका लागि गद्दी बैठकको मुख्य कक्ष उपलब्ध हुने भएको छ । गद्दी बैठकको भुइँतलामा एक संग्रहालय रहने र संग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पूरातात्विक वस्तु रहनेछन् ।

सर्वसाधारणका लागि खुला भनिए पनि गद्दी बैठकमा जोसुकै जान सक्दैनन् । निर्देशित भ्रमणका सहभागी हुन तोकिएको प्रवेश जाँच स्थलमा दर्ता हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?