+
+
Shares

विप्लव समूहका स्याङजा जिल्ला सदस्य गोरखामा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १८:१२

१० मंसिर, गोरखा । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना स्याङजा जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङजा जिल्ला सदस्य सागर अर्याल रहेका छन् ।

भिरकोट नगरपालिका–१ का ४८ बर्षीय अर्याललाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका उनीविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी मित्रवन्धु शर्माले बताए । हाल प्रहरी हिरासतमा विप्लवका पाँच जना कार्यकर्ता रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?