+
+
Shares

भक्तपुर क्यान्सर अस्पतालको नियुक्ति २४ घण्टाभित्र बदर गर्न निर्वाचन आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १९:००

१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले मंसिर ९ गते  गरेको डाक्टर र कर्मचारी नियुक्‍ति निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गरेको छ ।

आयोगले भक्तपुरमा कात्तिक ८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै क्यान्सर अस्पताल समितिको निर्णय आचारसंहिता विपरीत भएको ठहर गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गरी २४ घण्टाभित्र बदर गर्न अस्पताललाई निर्देशनसमेत दिएको छ । भक्तपुरको निर्वाचन क्षेत्र १ (क) मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?