+

साग भलिबलका लागि नेपाली टोलीको अन्तिम तयारी (फोटो फिचर)

२०७६ मंसिर  १० गते २०:०९ २०७६ मंसिर १० गते २०:०९
साग भलिबलका लागि नेपाली टोलीको अन्तिम तयारी (फोटो फिचर)

१० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल बुधबार सुरु हुँदैछ । घरेलु टोली नेपालले मंगलबार भलिबल खेल हुने स्थल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा अन्तिम तयारी गरेको छ ।

भलिबलका खेलहरु मंसिर ११ देखि १७ गतेसम्म चल्नेछ । महिला र पुरुष दुवैमा नेपाल, भारत र बंगलादेश एउटै समूहमा छ । नेपालले महिला र पुरुष दुवैमा मंसिर ११ मा पहिलो खेल बंगलादेशसंग खेल्नेछ ।

साग भलिबलमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । महिलामा पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लियो भने भुटानले सहभागिता नै जनाएन ।

महिलातर्फ नेपाल र बंगलादेशबीचको खेल मंगलबार दिउँसो ३ बजे हुनेछ भने पुरुषतर्फ नेपाल बंगलादेशबीचको खेल बेलुका ७ बजे शुरु हुनेछ ।

तस्वीरहरु : विकास श्रेष्ठ र शंकर गिरी/अनलाइनखबर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय