News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी पस बलिङ अलराउण्डर सोमपाल कामीले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्ने घोषणा गरे।
- कर्णालीले सामाजिक सञ्जालमार्फत सोमपाललाई मार्कीमा निरन्तरता दिने जानकारी दिएको छ, बाँकी ६ खेलाडीको नाम मंगलबार सार्वजनिक हुनेछ।
- सोमपालले गत सिजन ९ खेलमा ९ विकेट लिएका थिए र उनले नेपाली क्रिकेटका सबैभन्दा अनुभवी खेलाडी हुन्।
१६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी पस बलिङ अलराउण्डर सोमपाल कामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।
कर्णालीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सोमपाललाई मार्कीमा निरन्तरता दिने जनाएको हो। बाँकी ६ खेलाडीबारे भने मंगलबार सार्वजिनक गरिने जनाइएको छ ।
‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौं । उनीमाथि टिमको विश्वास छ’ टिमका सहमालिक गृहेन्द्र घिमिरेले भनेका छन् ।
उनी अघिल्लो सिजनका मार्की तथा कप्तान हुन् । उनी नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । नेपालका लागि दुवै टी-२० विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् ।
पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । उनले गत सिजन ९ खेलमा ९ विकेट लिएका थिए ।
कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्व ओपनर शिखर धवनलाई अनुबन्ध गरेको थियो । सह मालिक घिमिरेले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् ।
‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवद्र्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौं’ उनले भने ।
एनपीएलको दोस्रो सिजनका लागि हरेक टोलीले मार्कीबाहेक ६ खेलाडी रिटेन गर्न पाउने छन् भने मार्की खेलाडी स्वत: रिटेन हुनेछन् ।
यसअघि चितवन राइनोज, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्सले आ-आफ्ना रिटेन्सन लिस्ट सार्वजिक गरिसकेका छन् ।
एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ ।
प्रतिक्रिया 4