+
+

सुदूरपश्चिम महोत्सव आगामी मंसिर २२ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते २०:२३
Photo Credit : RSS

१० मंसिर, कैलाली । सुदूरपश्चिम महोत्सवको १४ औं सस्करणको आगामी मंसिर २२ गतेबाट सुरु हुने भएको छ ।

कैलाली उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर २२ गतेदेखि पुष २ गतेसम्म महोत्सव आयोजना हुने जानकारी गराएको हो ।

महोत्सवको लागि तयारी तीव्र पारिएको भन्दै उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवलाई व्यवस्थित पार्नका लागि विभिन्न उपसमितिहरु समेत गठन भइसकेको बताए ।

३ सय ओटा स्टलहरु रहने महोत्सवमा स्थानीय कला, संस्कृति तथा खानाका परिकारहरुका साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको कुँवरले जानकारी दिए ।

‘समृद्ध सुदुरपश्चिमका लागि : आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?