Comments Add Comment

रानीपोखरीको पुनर्निर्माण वैशाखमै सकिने

Photo Credit : फाइल तस्वीर

११ मंसिर, काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ ।

०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको हो । निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ ।

पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

यस्तै बालगोपालश्वर मन्दिरको पुनर्निर्माणको कामसमेत तीव्र रूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पार्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए ।

‘वैशाखसम्ममा नागरिकले पुरानै शौलीको रानीपोखरी देख्न पाउनेछन्’, उनले भने । बाँकी काम पनि नियमितरूपमा भइरहेको छ ।

सुरुआतमा काठमाडौं महानगरपालिले पुनर्निर्माण गर्ने भनिए पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काममा ढिलाइ भएको हो । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण प्राधिकरणलाई जिम्मा दिएपछि निर्माणको काम अघि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment