Comments Add Comment

सडक मानवमुक्त घोषणा हुँदै बुटवल, ३ दिनमा ४० को उद्धार

सडकपेटीमा भेटिनेहरुको रात्रीकालीन उद्धार

सडक मानवको उद्धार गर्दै रात्रिकालीन उद्धार टोली । ।

११ मंसिर, बुटवल । बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गर्नका लागि सडकमा भेटिने त्यस्ता व्यक्तिको उद्धार गर्ने कामलाई तीव्र बनाइएको छ ।

प्रदेश ५ सरकारले समेत प्रदेशमा सडक मानवमुक्त अभियान चलाइरहेको बेला बुटवललाई सडक मानवमुक्त नगर घोषणा गर्ने तयारी गरिएको छ ।

मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न लागिएको हो ।

बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रममै बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने योजना बनाइएको थियो । सडक पेटी, पौवा, गुम्बाहरूमा बेवारिसे बस्दै आएका र बाटोमा भेटिनेहरुलाई मानव सेवा आश्रम बुटवलमा राख्ने काम भैरहेको छ । उनीहरुलाई दिउँसो भन्दा रातिमा उद्धार गरिएको हो ।

रातको समयमा सडकपेटी, चौपारीमा रहेका बेसहारा एवम् घरबारविहीनलाई अहिले उद्धार र गर्ने काम गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बुटवललाई छिट्टै सडक मानवमुक्त नगर घोषणा गर्ने गरी अहिले काम भइरहेको बताए । रात्रिकालीन सडक सेवाअन्तर्गत ३ दिनको अवभिमा ४० जनाको उद्धार गरिएको छ ।

मानव सेवा आश्रम प्रदेश ५ की संयोजक सुशीला केसी (रूपा)ले बुटवललाई सडक मानवमुक्त नगर घोषणा गरेपछि लुम्बिनी क्षेत्रमा माग्न निषेध गरिने बताइन् ।

पेशेबर मगन्तेहरु पनि रहेकाले उनीहरुलाई सचेत गराइएको उनको भनाइ छ । अहिलेसम्म मानवसेवाश्रम बुटवलमा १२५ जनालाई राखिएको उनले बताइन् ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, वडा प्रहरी कार्यालय बुटवल, मानव सेवा आश्रम बुटवलको संयुक्त पहलमा उनीहरूलाई दैनिकरुपमा उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment