+
+
Shares

शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सह-संयोजक तामाङको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १२:०६

११ मंसिर, काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।

सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार राति भएको शुल्क फिर्ता गर्ने सम्झौता कार्यान्वयनमा शंका व्यक्त गर्दै तामाङले अनुगमन टोली गठन गरेर परिचालन गर्न माग गरेका हुन् ।

‘शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच हिजो शुल्क फिर्ता गर्ने सहमति भएको छ’, तामाङले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘अब सरकारले एउटा अनुगमन टोली बनाएर शुल्क फिर्ता भए/नभएको अनुगमन गर्नु पर्दछ ।’

मेडिकल कलेजले सम्झौता अनुसार अतिरिक्त शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि तामाङले दिएका छन् ।

मेडिकल कलेजले नियमविपरीत शुल्क असुलेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । शुल्क फिर्ताका लागि सरकारले पनि मेडिकल कलेजलाई अल्टिमेटम दिएको थियो । यहीबीच मंगलबार राति सरकार र मेडिकल कलेज सञ्चालकबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ ।

सहमतिपछि पनि विद्यार्थी तथा तिनका संगठनहरूले सहमति पालना हुनेमा शंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?