+
+

राजेशपायलले किन गरे अवार्ड नलिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते ११:५८

गायक राजेश पायल राइको घरमा केही महिना अगाडि आगालागी हुँदा उनले प्राप्त गरेका सबै अवार्डहरु जलेर नष्ट भए । यसपछि पनि राजेशले केही अवार्डहरु प्राप्त गरेका छन् । तर, राजेशले अब उप्रान्त अवार्ड नलिने घोषणा गरेका छन् ।

उनले, राज्यस्तरबाट दिने वा अन्तरराष्ट्रिय मान्यताप्राप्त अवार्डहरुबाहेक निजी वा व्यक्तिगत रुपमा प्रदान गरिने अवार्ड नलिने उल्लेख गरेका छन् । सामाजिक संजालमा स्टाटस कोर्दै राइले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–‘हामी कलाकारहरुका लागि दर्शक तथा श्रोताहरुको माया, सद्भावले विशेष महत्व राख्दछ । नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामीले उनीहरुका लागि बाटो छाडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्व पनि कायम रहनुपर्दछ ।’

उनले अवार्डले आफ्नो करिअरमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको पनि उल्लेख गरेका छन् । उनले ‘लाइफ टाइम एचिभमेन्ट र सम्मान’ भने ग्रहण गर्ने लेखेका छन् । चलचित्र, आधुनिक, पप, लोक लगायतका गीत गाएर राइले सय भन्दा बढी अवार्ड र सम्मान प्राप्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?