Comments Add Comment

नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी

६ जना विद्यार्थी पक्राउ, बैंक कर्मचारी संलग्न भएको शंका

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय  मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका-३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

पक्राउ परेकाहरु सबै विद्यार्थी हुन् । उनीहरु मध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।   त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बैंकबाट निकालिएको रकम र हस्ताक्षर मिलाउन अभ्यास गरेका रजिस्टरहरू ।

यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ ।

उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ ।

खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकोले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने भएकोले त्यसतर्फ अनसन्धान गरिरहेको एसएसपी सुवेदीले बताए ।

पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए

यो पनि पढ्नुहोस ‘स्लिपर सेल’ को शैलीमा नेपाली बैंकमा लुट

घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो ।

दुवै प्रकरणमा संलग्न नेपाली एजेन्ट समातिएका छन् भने मुख्य अभियुक्तको अझैसम्म प्रहरीले पहिचान गर्न सकेको छैन ।

तस्वीर : चन्द्र आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment