Comments Add Comment

जापानबाट किन अमेरिका उडे अनमोल र वर्षा ?

जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरुले अमेरिकाको विमानस्थलमा एकसाथ तस्वीर लिएका छन्, जसलाई नायिका राउतले सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदैछन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी भैसकेका छन् भने वर्षाले पहिलो पटक सहभागीता जनाउँदैछिन् ।

जापानमा आयोजना भएको अवार्ड समारोहमा यी दुबैले अवार्ड पाएपनि चर्चा भने खासै भएन । बरु, जापानमा आयोजित अवार्ड दर्शक नै नभएको भन्दै सर्वाधिक आलोचित पनि भयो । यही अवार्डमा सहभागी हुनका लागि नायिका दीपिका प्रसाँई, निर्देशक दिवाकर भट्टराई पनि अमेरिका उडेका छन् ।

नेपाली चलचित्रको व्यापार विश्व बजारमा खासै सुखद नभएपनि अवार्ड हुने क्रम भने झनै बढेको छ । कलाकारहरुले पनि अवार्डमा आफ्नो उपस्थिती जनाइरहेका छन् । अमेरिकामा हुन लागेको अवार्डमा वर्षा र अनमोलले अवार्ड पाएको खण्डमा, आश्चर्य नमान्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment