+
+
Shares

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान   

रासस रासस
२०७६ मंसिर ११ गते १४:३०
Photo Credit : RSS

११ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ ।

सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान सुरु गरेको हो । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान सुरु गरिएको अभियानका संयोजक मदन गिरीले बताए ।

“भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छौँ”, उनले भने, “सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।” मंगलबारदेखि सुरु अभियानका क्रममा दश हजार बढीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियानमा शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताले सहभागिता जनाएका छन् । हस्ताक्षर अभियान सुदूरपश्चिम भरी सञ्चालन गरिने बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?