Comments Add Comment

वीरगञ्जमा सञ्चालित मानव सेवा र वृद्धा आश्रमलाई जमिन उपलब्ध गराउने प्रक्रिया सुरु

११ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मानव सेवा आश्रम वीरगञ्ज शाखा र वृद्धा आश्रमका लागि जमिन दिने प्रक्रिया सुरु गरेको छ । महानगरपालिकाभित्र रहेको ऐलानी जमिन असाहाय, दिनदु:खीहरुको सेवाका लागि स्थापना गरिने आश्रमका लागि दिन लागिएको हो ।

वीरगञ्जमा मानव सेवा आश्रमको शाखा भाडाको घरमा सञ्चालनमा छ । सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानिसलाई आश्रममा ल्याएर गाँस, बास र कपासको व्यवस्था गर्नुको साथै उपचार गर्ने गरिएको छ । कतिपयलाई पारिवारिक पूर्नमिलन समेत गराइ सकिएको छ ।

हाल वीरगञ्ज शाखामा एक नवजात शिशुसहित ३१ जना आश्रित छन् । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूताबासदेखि पछाडि पट्टी रहेको आश्रमले घर भाडा मात्रै मासिक ४९ हजार रुपैयाँ तिर्नु परिरहेको छ । भाडाको घरमा आमा बुवालाई राखेर स्याहार गर्न निकै कठिना हुने गरेको आश्रमका देवेश गुप्ता बताउँछन् । आश्रममा थप सहयोगापेक्षीलाई राख्ने ठाउँको अभाव छ ।
आश्रमका लागि जग्गाको माग गर्दै आएको लामो समयपछि वीरगञ्ज महानगरपालिका तातेको छ । यसअघि जग्गा दिने भनेर चर्चा मात्रै हुँदै आएको थियो । कहिले चिनी मिलको जग्गा त कहिले भेडियाहीमा जग्गा दिने भनिएको थियो ।

यो पनि पढ्नुहोस सामाजिक सञ्जालमार्फत वंगलादेशी महिलाको पारिवारिक पूनर्मिलन

यसपटक महानगरपालिकाले वीरगञ्ज–१० लक्ष्मणवास्थित सुन्दरीयामाई स्कुलको पूर्वतर्फको ऐलानी जमिन मानव सेवा आश्रम र वृद्धा आश्रम निर्माणका लागि दिने तयारी गरेको हो । त्यहाँ झण्डै १० कठ्ठा ऐलानी जमिन हुन सक्ने अनुमान महानगरपालिकाको छ ।

जग्गा लगभग टुंगो लागिसकेकाले नापजाँचपछि आवश्यक कानूनी प्रक्रिया सुरु गरिने नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

‘जमिन दिने निर्णय बोर्डले गरिसकेको छ, सुन्दरीयामाई स्कुलको पूर्वतर्फको झण्डै १० कठ्ठा ऐलानी जमिन खाली छ,’ सरावगीले भने, ‘केहि अतिक्रमण भएको पनि हुन सक्छ, नापजाँच गरिसकेपछि आवश्यक प्रक्रियामा लैजान्छौं ।’

यो पनि पढ्नुहोस मानव सेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख सहयोग

मानव सेवा आश्रम वीरगञ्ज शाखा भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता यसअघि नै गरिसेकेको छ । ०७५ चैत ६ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानव सेवा आश्रम जस्तो पवित्र सेवा भावले खोलेको संस्थाको भवन निर्माणका लागि रकमको अभाव हुन नदिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment