Comments Add Comment

जनमोर्चाको एक हप्ते ‘कालापानी अभियान’ सुरु

११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चा, सुदुरपश्चिम प्रदेशले नेपाली भूभाग भारतले आफ्नोमा पारेको विरोधमा ‘कालापानी अभियान’ सुरु गरेको छ ।

लिम्पियाधुरा, लिपलेक, कालापानी लगायतका भूमि अतिक्रमणको विरोधमा बुधबारबाट एक हप्ते अभियान सुरु भएको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

जनमोर्चाले नेपाली भूभाग भारतीय नक्सामा समेटिनुलाई नेपालको सार्वभौमिकतामाथिको गम्भीर हस्तक्षेपको रुपमा लिएको छ । अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन्, ‘भारतीय साम्राज्यवादको उक्त कायृको विरुद्धमा नेपालमा भइरहेका विभिन्न कार्यक्रममा हाम्रो ऐक्यवद्धता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment